You are viewing the translated version of सेबा प्रदायकले मापदण्डको पालना गर्नु पर्ने.
Section 61
सेबा प्रदायकले मापदण्डको पालना गर्नु पर्ने
(१) सेवाप्रदायकले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मापदण्ड पालना गरी ढल निकास सेवा सञ्चालन तथा व्यवस्थापन कार्य गर्नु पर्नेछ।
(२) आफ्नो घर जग्गा परिसरभित्रको सेप्टिक ट्याङ्क वा अन्य सरसफाइ संरचनाको सफाइ तथा मर्मत सम्भार गर्नु सम्बन्धित उपभोक्ताको कर्तव्य हुनेछ।
(३) औद्योगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोरपानी नेपाल सरकारले तोकेको मापदण्ड. पालना हुने गरी प्रशोधन गरेर मात्र ढल निकास प्रणालीमा जडान गर्नु पर्नेछ।
(४) सेवाप्रदायकले औच्योगिक तथा व्यापारिक क्षेत्रबाट उत्सर्जित फोहोरपानीको: परिमाण मापन गर्ने मिटर जडान गर्न सक्नेछ।